एमाले महाधिवेशनः अझै सुरू भएन दोस्रो दिनको बन्दसत्र

0
130

सौराह– नेकपा एमालेको चितवनको सौराहामा जारी दशौँ महाधिवेशनको बन्द सत्रको दोश्रो दिनको कार्यक्रम अझै सुरु हुन सकेको छैन। शनिबारबाट सुरु भएको बन्दसत्र आइतबार बिहान १० बजेसम्मका लागि स्थगित भएको थियो।

एमाले महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा केन्द्रीय समिति सहित आयोगका प्रमुखहरु छान्न अधिकार दिएको थियो। आजको बन्दसत्रमा ओलीले सर्वसम्मतीका लागि नामहरु प्रस्तावित गर्नेछन्।

तर एमालेमा अहिलेकै अवस्थामा सर्वसम्मतको सम्भावना छैन। अध्यक्षमा भीम रावलले उम्मेद्वारी दिने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्षमा घनश्याम भुसालले उम्मेद्वारी दिने घोषणा गरेका छन्। ओलीले ३०१ सदस्यीय केन्द्रीय समिति नै सर्वसम्मतिका लागि पेश गर्न लागेका हुन्। यदी सर्वसम्मत रुपमा पदाधिकारी सहित केन्द्रीय समिति चयन हुन नसके बन्दसत्रबाट निर्वाचनको कार्यक्रम अघि बढ्नेछ।

अहिले अध्यक्ष ओली कोर टिमका सदस्य सहित चितवनकै पार्क सफारी रिसोर्टमा छलफलमा छन्। महाधिवेशन प्रतिनिधिहरु सेभेन स्टार होटलको परिसरमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here