कञ्चनपुरबाट कैलालीका ३ जना लागुऔषधसहित पक्राउ


धनगढी- कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोहित पार्की, गोदावरी नगरपालिकाको मालाखेती बस्ने आशिष भाट र गोदावरी नगरपालिका ओलानी बस्ने निरज बडैलालाई पक्राउ गरिएको हो।

३० वटा ट्यावलेट, तीन थान मोबाइल र १४ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

बोर्डर आउट पोष्ट पुर्नवासबाट खटिएको गस्ती टोलीले उनीहरुलाई कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मिलनबजार सीमा इलाकाबाट पक्राउ गरिएको हो। तीन जनालाई कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।