लागुऔषधसहित कैलालीमा एक जना पक्राउ


धनगढी- कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको घोडाघोडी नगरपालिका -१ सिमतडी घर भई हाल टीकापुर नगरपालिका १ जमरापारीमा घोडाघोडी वर्कसप सञ्चालन गर्दै आएका २६ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए ।

उनलाई ५ ग्राम ७६० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0