काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित


धनगढी– कैलाली काँग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको छ। भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।

आउँदो १६ गते हुन गइरहेको सुदूरपश्चिम प्रदेशको महाधिवेशन कैलालीमा हुने भएकाले त्यसैलाई लक्षित गर्दै स्थगीत गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सदस्य तथा अधिवेशन प्रचारप्रसार विभाग सुनारले जानकारी दिए ।

भोलि विहान बस्ने जिल्ला कार्यसमितिको बैठकले नयाँ मिति तोक्ने उनले बताए। कैलालीको जिल्ला समितिलाई प्रदेश समितिको अधिवेशन पनि गर्ने जिम्मेवारी पाएकाले सार्ने तयारी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0