डडेल्धुरामा पुनः अधिवेशन हुनुपर्छः काँग्रेस उपसभापति निधि

0
20

धनगढी- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेल्धुरामा पुनः अधिवेशन हुनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीबार पार्टीको १४औँ महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा पछि पत्रकारले राखेको प्रश्नमा निधिले डडेल्धुराको अधिवेशन पुनः गर्नुपर्ने बताएका हुन्।

‘म अहिलेसम्म पार्टीको उपसभापति हुँ। मैले पार्टीका फोरमभन्दा बाहिर बोल्दै हिँड्न मिल्दैन,’ पत्रकारको प्रश्नमा निधिले भने, ‘डडेल्धुरामा पुनः अधिवेशन हुनुपर्छ। यो कुरा मैले सभापतिलाई भेटेर पटक–पटक भनेको छु।’ जिल्ला सभापतिसहितको ठूलो समूहलाई बाहिर राखेर अधिवेशन हुनु दुर्भाग्य भएको बताए । ‘म यति भन्छु, यस्तो दुर्भाग्यपूर्ण अवस्था हुनु हुँदैनथ्यो, सभापतिजीको जिल्लामा त झन् हुनु हुँदैनथ्यो,’ निधिले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here