कांग्रेस कैलाली क्षेत्र नम्बर ४ मा मतदान सकियो


अत्तरिया– नेपाली काग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ मा मतदान सकिएको छ । अत्तरियामा रहेको रेडक्रसको भवनमा भएको मतदानमा ५ सय ४६ मत खसेको छ । मतदान अधिकृत मदन बहादुर बमले निर्वाचन स्वहार्द वातावरमा सम्पन्न भएको बताए ।

उनले मतदान बिहान १० बजेर २३ मिनेटबाट सुरु भएर साँझ ४ बजे सकिएको बताए उनले आजै अत्तरियामा रहेको प्रतिभा पुस्तकालयको भवनमा मतगणना हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रयास गरिने बताए ।

क्षेत्रिय कार्यसमिति र महाधिवेशन प्रतिनिधी छनौटका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर ४ मा ५ सय ४९ मतदाता रहेका थिए ।

क्षेत्रिय कार्यसमितिका लागि सभापतीमा बसन्त रोकाया र दिनेश जोशीको टिम बिच प्रतिष्प्रर्धा भइरहेको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि ५० जना चुनावी मैदानमा छन । उनीहरु मध्ये २५ जना निर्वाचित हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0