बडुवाल हत्या प्रकरणः इन्स्पेक्टरका भाइ सुनसरीबाट पक्राउ
अत्तरिया – कैलालीको लम्कीका भुपेन्द्र बडुवालको हत्या आरोपित थप एक जना पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका – १ लम्कीका बडुवालको हत्या भएको घटनाका आरोपी लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानी बस्ने बर्ष १९ को मदन शाही पक्राउ परेका हुन ।
शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरान उप–महानगरपालिका – ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भुपेन्द्रको २३ गते टिकापुर नगरपालिका –१ स्थित सिद्वार्थ होटल नजिकै हत्या भएको थियो ।
उक्त प्रकरणका आरोपि ६ जना अझै भेटिएका छैनन । प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ । यसअघि प्रहरीले सोही घटनामा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिसकेको छ ।