नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै


काठमाडौं– झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउनुपर्ने माग न्यायीक क्षेत्रबाट उठे पनि दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले अहिले आन्दोलनमा देशव्यापी बनाएको छ । आज सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0