पार्टी अध्यक्षमा भीम रावलको उम्मेदेवारी घोषणा


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदेवारी घोषणा स्वभाविक रहेको बताएका छन् । उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेद्वारी अध्यक्ष पदमा स्वभाविक रहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा कुनै छलफल छैन । २०४८ सालदेखि निरन्तर राजनीतिमा क्रियाशील छु । अहिले प्रतिनिधि सभाको सदस्य पनि हुँ ।’

पार्टीको नियम र प्रणाली बमोजिम उम्मेद्वारी घोषणा गरेको उनले बताए । रावलले पार्टीले प्यानल बनाउन प्रतिबन्ध लगाएकाले एक्लै उम्मेदवारी दिने बताए ।

उनले भने, ‘प्यानल बनाएर जाँदैन । सबैसँग छलफल हुन्छ ।’ यसअघि एमाले अध्यक्ष ओलीले सहमतिबाटै नेतृत्व चयन हुने बताएका थिए ।
‘कसरी अगाडि बढ्ने भन्नेबारेमा नेतृत्वसँग कुराकानीको प्रस्ताव राखेपनि सुनुवाइ भएन । आफूभित्रको निष्ठासहित महाधिवेशन आउन पाँच दिन बाँकी रहँदा मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0