कैलालीका पाँच निर्वाचन क्षेत्रमा कांग्रेसका प्रदेश सभापति चयन


धनगढी- नेपाली कांग्रेसले कैलालीका पाँच निर्वाचन क्षेत्रमा १० प्रदेश सभापति चयन गरेको छ। कांग्रेसका अनुसरा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को १ मा सीताराम राना प्रदेश सभापतिमा विजयी भएका छन्।

उक्त निर्वाचन क्षेत्रको २ मा केशव जोशी सर्वसम्मत सभापति चयन भएका थिए। काँग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृप सुनारका अनुसार उक्त क्षेत्रको उपसभापतिमा अरुण सिंह र बेद अवस्थी सर्वसम्मत भएका छन्। सचिवमा कलेन्द्र शाही र राजबहादुर ऐर, सहसचिवमा दुर्गा जोशी र राजेन्द्र रैका सर्वसम्मत भएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को १ मा काशिराम शर्मा र २ मा गोपाल भट्ट निर्वाचित भएका छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को १ मा रामप्रकाश चौधरी र २ मा कमलराज चौधरी निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नम्बर ४ को १ मा काशिराम शर्मा र २ मा गोपाल भट्ट निर्वाचित भएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को २ मा बलिराम चौधरी सर्वसहमत सभापति भयन भएका छन। १ को १ मा पशुराम कठरिया निर्वाचित भएका छन्। आइतबार नेपाली कांग्रेसको प्रदेश प्रतिनिधको निर्वाचत जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0