नेकपा एसका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक
धनगढी– नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक परेको छ।
पार्टीको डडेल्धुराबाट केन्द्रीय सदस्य रहेका जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो। जिल्लाको गन्यापधुरा गाउँपालिका २ की उनको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।