बझाङमा प्रहरी हिरासत भित्र एक वृद्धाको मूत्यु


बझाङ– जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्रै ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमै मृत्यु भएको हो ।

कर्तव्य ज्यान मृद्धामा कार्तिक २० गतेदेखि हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’ डिएसपी बिष्टले भने ‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो ।’

यता जिल्ला भएपछि अस्पताल बझाङका प्रमुख सन्दिप कुमार ओखेडाले मृतक रावललाई अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको र पोष्टमार्टमको तयारी भइरहेको बताए । मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा कार्तिक २० गतेदेखी हिरासतमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0