अत्तरियामा रहेको पदमा अस्पताल सुविधा सम्पन्न बन्दै


अत्तरिया – कैलालीको अत्तरियामा रहेको पदमा अस्पताल थप सेवा सुविधा थप्दै व्यवस्थीत बन्दै गएको छ । शुक्रबाबाट पदमा स्पतालले आइसियु सेवा सुरु गरेको छ । अस्पतालले आफ्नो १६ औं बार्षिक उत्सवको अवसरमा ६ बेडको आइसियु र २ बेडको एनआइसियु सेवा संचालनमा ल्याएको हो ।

अत्तरियमा रहेका सरकारी तथा नीजि कुनै पनि अस्पतालले आइसियु सेवा दिन सकेका थिएन । जसको कारण यहाँका अधिकांश विरामीहरुलाई धनगढी रेफर गरिन्थ्यो । शुक्रबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिंह आइसियु सेवाको उद्घाटन गरेका छन ।

द्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले पदमा अस्पतालले व्यवसायिक मात्रै नभएर सेवाको रुपमा यस क्षेत्रका जनतालाई सेवा दिईरहेको बताए । उनले अत्तरिया क्षेत्रमा अस्पतालले आइसियु सेवा संचालन गर्नु यस क्षेत्रका जनताका लागि गौरवको कुरा भएको बताए । उनले अस्पतालले आइसियु सेवा सुुचारु गरेपछि अब यस क्षेत्रका जनताले बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता हटेको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक डा. नर बहादूर मौनीले अस्पताल यस क्षेत्रको आवश्यक्ता अनुसार सेवा थप्दै गएको बताए । मौनीले चाँडै सिटि स्क्यान सेवापनि शुरु गर्ने तयारीमा रहेको बताए । स्थापनाको १६ बर्ष पुगेको अवशरमा बार्षिकोत्सव कार्यक्रम मनाउँदै अस्पतालले आइसियु र एन आइसियु सेवा पनि थप गरेको हो । ग्रमिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको पदमा अस्पताल १६ बर्ष पुरा भई १७ औँ बर्षमा प्रवेश गरेको छ ।

अस्पतालका अध्यक्ष गजेन्द्र विर चन्दले अस्पतालले ग्रामिण क्षेत्रका जनतालाई स्थानिय स्तरमै सेवा दिनका लागि संचालनमा ल्याएको अस्पतालले आफ्नो सेवा विस्तार गर्दै गएको बताए ।

१५ बेडबाट सुरु गरेको यो अस्पताल अहिले ५० बेडमा पुगेको उनले बताए । हामीले सुरुमा हाडजोर्नीका सेवाबाट सुरु गरेका थियौ’ उनले भने ‘आजको मितिमा हामीले आइसियु सेवा सुरु गरेका छौ ।’ उनले अस्पतालले स्वास्थ्य सेवा संगै आफूहरुले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति पनि उत्पादनमा आफूहरु लागेको बताए ।

सुदूरपश्चिममा सरकारी अस्पताल भन्दा पनि निजी क्षेत्रका अस्पतालहरुले स्वास्थ्य क्षेत्रमा फड्को मारेको उनले बताए । ‘अहिले सुदूरपश्चिममा १८ देखि २० वटा निजी अस्पतालहरु संचालनमा आइसकेका छन । अहिले यस क्षेत्रका जनताको निजी अस्पतालहरुमा विस्वास बढ्दै गएको छ’ उनले भने ‘अत्तरिया क्षेत्रमा पनि नैतिक जिम्मेवारी बहन गरेर निजी क्षेत्रबाट यस अस्पतालले सेवा दिदै आएको छ ।’ उनले निजी अस्पताललाई सुधार गर्न राज्यको दृष्टिकोणमा परिवर्तन आउन आवश्यक रहेको बताए ।

अस्पतालले नियमित रुपमा सेवा बिस्तार गर्दै गएको अस्पतालकी प्रशासन प्रमुख मन्जु साउँदले बताईन् । अहिले अस्पतालले सबै क्षेत्रका विशेषज्ञ डाक्टरको सेवा संचालनमा ल्याएको उनले बताईन् । हाल हामीले इमर्जेन्सी सेवा, ओपिडी सेवा, इन्डोर सेवा, सिएसी सेवा, फिजियोथेरापी सेवा, आइयुसिडी, एम्बुलेन्स सेवा, अर्थो, जनरल सर्जन, फार्मेसी सेवा संगै हाल आइसियु, एनआइसियु सेवा संचालनमा ल्याएको प्रशासन प्रमुख साउँदले बताइन् ।

डाइगोनिष्ट सेवा अन्तरर्गत एक्सरे, युएसजी, इसिजी, इको, इन्डोस्कोपी लगायतका सेवा संचालनमा रहेको साउँदेले बताइन् । यसका अलवा नेपाल सरकार संग समन्वय गरेर आमा सुरक्षा कार्यक्रम र परिवार नियोजनका कार्यक्रम संचालनमा रहेको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0