कांग्रेसको १४ औँ महाधिवेशनः आज प्रदेश सभा क्षेत्रमा निर्वाचन


अत्तरिया– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ ।

बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ ।

मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ तथा नगरपालिकाका वडास्तरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाको एकाइ अध्यक्षले प्रदेशको निर्वाचनमा सहभागिता जनाउने छन् । क्षेत्रीय प्रतिनिधिले आफूहरूमध्येबाट अध्यक्षसहित १६ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

त्यस्तै १६ जना प्रदेश निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधिको चयन गर्नेछ । प्रदेशको निर्वाचन क्षेत्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले प्रदेशको सभापतिलगायतका पदाधिकारी चयन गर्नेछन् । सबै प्रदेशमा गरेर पाँच हजारभन्दा बढी प्रदेश क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । कांग्रेसले आउँदो मङ्सिर १६ र १७ गते सातवटै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0