वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग झडप


काठमाडौँ- सर्वोच्च अदालत परिसरमा आज पनि कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी चलेको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा प्रधानन्यायाधीशको राजीनामा माग्दै भइरहको प्रदर्शन तथा धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि दुवै पक्षबिच घम्साघम्सी भएको हो ।

सर्वोच्च प्रवेश गर्ने मूल वैकल्पिक गेटमा वकिलहरुले धर्ना दिन खोज्दा प्रहरीले रोकेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आज (शुक्रबार) भित्र राजीनामा दिन अल्मिेटम दिएको छ ।

आज बारले आन्दोलन अझ सशक्त बनाएको छ । काठमाडौ उपत्यकाभित्रका बार इकाइबाट समेत आन्दोलनमा ऐक्यबद्धता जनाउन कानुन व्यवसायीहरु बार एसोसिएसनको मूल भवनमा भेला भएका छन् ।

काठमाडौ उपत्यकाका सबै अदालत र काभ्रे जिल्ला अदालतका बार एकाइका कानुन व्यवसायी आआफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका हुन् । उनीहरु सर्वोच्च परिसरमा धर्ना बस्न खोजिरहेका छन् भने बाक्लो संख्यामा उपस्थित प्रहरीले रोकिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0