कांग्रेस गोदावरी नगर सभापतिमा चोखाल निर्वाचित


अत्तरिया – नेपाली कांग्रेसको गोदावरी नगरपालिकाको अधिवेशनबाट विरबहादुर चोखाल सभापतिमा निर्वाचित भएका छन ।

निर्वाचन प्रक्रियामार्फत चोखाल नगर सभापतिमा चुनिएका हुन । सभापति लगायत नगर समितिका लागि २ प्यानल चुनावी मैदानमा उत्रिएका थिए । बुधबार भएको निर्वाचनमा सभापतिमा चोखाल सहित उनको प्यानलबाट उठेका सबै उम्मेद्वार विजयी भएका छन ।सभापतिमा निर्वाचित चोखालले १६१ मत ल्याउदै विजयी भएका हुन । उनका प्रतिद्धन्दी बिष्णु बडैलाले ६६ मत ल्याएका थिए । कांग्रेसको नगर सभापति निर्वाचित चोखाल गोदावरी नगरपालिका – ६ का वडाअध्यक्ष समेत हुन ।

उपसभापति पदमा पनि चोखाल प्यानलकै प्रेम सिंह बडैला र प्रेम बहादुर कुमाल निर्वाचित भएका छन । बडैला र कुमाल क्रमशः १५६ र १५३ ल्याउँदै विजयी भएका हुन भने उनका प्रतिद्धन्दी धर्मराज भट्ट र सुरज जोशी क्रमशः ६२ र ६८ मत ल्याएका थिए ।

त्यस्तै सचिव र उपसचिव पदमा पनि चोखाल प्यानलकै उम्मेद्वार विजयी भएका छन । सचिव पदमा विजयी भएका अशोकराज देवकोटा र योगेश भट्टले क्रमशः १५२ र १५७ मत ल्याउँदा उनका विपक्षी उम्मेदवार बिक्रम बिक र नर बहादुर कुन्जेडाले क्रमशः ६० र ६७ मत ल्याएका थिए । सहसचिव पदमा विजयी बनेका दिलिप कुमार साउँद र धर्मा शाह बलायरले क्रमशः १५६ र १५३ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी दिनेश खत्री र जगत बहादुर खड्काले क्रमशः ६६ र ६४ मत ल्याएका छन ।

यस्तै नगर समिति दसस्यमा पनि चोखल प्यानबाटै सबै उम्मेदवार विजयी भएका छन । गोदावरीमा नगर अधिवेशनका लागि २३९ जना मतदाता रहेका थिए । जसमध्ये बुधबार भएको चुनावमा २ सय ३१ मत खसेको थियो । चुनावको मतगणमा बिहिबार बिहान सकिएको थियो ।

पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुँदै छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0