नेकपा ‘विप्लव’को नेपाल बन्द खुल्यो

0
187

धनगढीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द खुलेको छ। आज बिहानदेखि बन्द रहेका सबै ठाउँ खुल्ला गरेको पार्टीले जनाएको छ। बन्दका बेला निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चल्न दिइएको थियो। अहिले ५ बजे देखि भने सम्पूर्ण क्षेत्र खुल्ला गरेको पार्टीका जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताए।

बन्दका कारण धनगढीसहितका विभिन्न ठाउँमा बिहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका थिए। त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here