कैलालीका ४ स्थानीय तहमा काँग्रेसको अधिवेशन स्थगित


धनगढीः नेपाली कांग्रेसको आज हने भनिएको कलालीका ४ स्थानीय तहको अधिवेशन स्थगित भएको छ । धनगढी उपमहानगरपालिकासहित कैलालीका चार स्थानीय तहमा काँग्रेसको अधिवेशन स्थगित भएको छ। नेत्रविक्रम चन्द विलव नेतृत्वको नेकपाले गरेको एकदिने बन्द र मतदाता नामावली प्रिन्टमा ढिलाई हुँदा चार पालिकामा अधिवेशन स्थगित भएको हो।

धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको  नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह ’मनु’लेबताए । ‘ बन्दका कारण सबै उम्मेदवार र मतदाता उपस्थिति हुन नसक्ने अवस्था देखियो,’ शाहले भने, ‘गोदावरी, चुरे, मोहन्याल, कैलारी, जोशीपुर, बर्दगोरिया, लम्की, जानकी र टीकापुरमा भने आजै अधिवेशन भइरहेको छ।’

उनले चार नगरमा भोलि बिहान ८ बजेदेखि नगर अधिवेशन हुने बताए। पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ। कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0