अत्तरियामा नेपाल बन्दको आंशिक प्रभाव


अत्तरिया– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ ।

कैलालीको अत्तरियामा बन्दको आंशिक प्रभाव परेको छ । लामोदुरीका सवारी साधन ठप्प रहेका छन भने निजी सवारी साधन न्यून संख्यामा चलेका छन् । बन्दका कारण बाहिरबाट अत्तरियामा आएका यात्रुहरू गाडी नपाउँदा सास्ती खेपिरहेका छन् ।

बन्दकर्ताहरुले बिहानै देखी अत्तरिया बजारमा पसल बन्द गर्दै हिनिरहेका छन् भने बजारमा बन्द सफल पारौ भन्दै नारा जुलुस पनि गरिरहेका छन् । बन्दको प्रभाव कम गर्न चोकचोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

नेकपाका अनुसार बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुल्ला रहनेछन् भने बजार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द हुने जनाइएको छ ।

सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ । कात्तिक २४ गेतबाट पाँच दिनसम्म विभिन्न आन्दोलनका कार्यक्रम गरेपछि आज ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

मुल्यवृद्धिको विरोधमा सुरु भएको आन्दोलन अन्तर्गत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्दको पूर्व सन्ध्यामा हिजो सोमबार साँझ धनगढीमा राँके जुलुससहित प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0