कैलालीमा बडुवाल हत्या प्रकरणः इन्स्पेक्टरका भाइ पनि फरार सूचिमा


धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)का भाइ पनि संलग्न रहेको आरोप लागेको छ। हत्या आरोपमा फरार रहेका सात जनामध्ये एक जना इन्स्पेक्टरका भाइ पनि रहेको प्रहरी स्रोतले जनएको छ । प्रहरीको फरार सूचीमा मदन शाहीको नाम पनि छ । शाही प्रहरी इन्स्पेक्टरका भाइ रहेको खुलेको छ।

यस्तै फरार सूचीमै रहेका अर्का शाही पनि प्रहरी डिएसपीका आफन्त रहेको खुलेको छ। हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ। अन्य ७ जना फरार छन्। होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ। रावल हाल फरार छन्।

हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परिसकेका छन्।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, बस्ने २६ वर्षीय सोहन शाह र लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ। हत्याको कारण अझै प्रहरीले खोल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0