कञ्चनपुरकी शिवानीले जितिन कुस्तीमा स्वर्ण


कञ्चनपुर– कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

रौतहटको सित्तलपुरमा दुवेले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।शिवानीले भारतको दिल्ली र हरियाणाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको उनका बुबा एवम कुस्तीका राष्ट्रिय खेलाडी राजु दुवेले जानकारी दिए ।

शिवानी ५२ किलो तौल समूहकी राष्ट्रिय खेलाडी हुन् । राष्ट्रिय प्रतियोगितामा पटकरपटक स्वर्ण जितेकी शिवानीले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा समेत पदक जितेकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0