भोली नेपाल बन्दः विप्लवद्वारा नेपाल बन्दको आक्रामक तयारी


अत्तरिया- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको बुझिएको छ ।

पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण पनि विप्लवले भोलिको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ ।

विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले भोलि शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ ।

विप्लवले बन्दको पर्चा समेत छर्न लगाएका छन् । विशेषगरी शहरी क्षेत्रमा पर्चा व्यापक गरेर बन्द पूर्ण रुपमा सफल बनाएर आफू मजबुत रहेको देखाउन खोजेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0