सेती अस्पतालमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि


धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमुना परिक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा एकजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ७ जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा दुई जना र भेन्टिलेटरमा एक जना विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0