एमसीसीका कारण नेपाल र अमेरिकाको सम्बन्ध लडाइमा परिणत हुनसक्छ: विप्लव


दिर्घ शाही, अत्तरिया- नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम भन्द ‘विप्लब’ले नेपाल र अमेरिकाको अहिलेसम्म नबिग्रीएको सम्बन्ध एमसीसीका कारण लडाइमा परिणत नहोस भन्दै आक्रोस पोखेका छन । कात्तिक २७ गते सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको खुला मञ्चमा सम्पन्न भएको दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलमा बोल्दै विप्लबले नेपाल र अमेरिकको सम्बन्ध एमसीसीका कारण लडाइमा परिणत हुनसक्ने संकेत गरेका हुन ।

एमसीसी नेपाली नागरिकको हितमा नभएको भन्दै नेपाली नागरिक, विभिन्न सामाजिक अभियान्ता र विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गर्दै आएका छन । तर पनि सरकार एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा बल गरिरहेको छ ।
एमसीसी एउटा शैन्य रणतीति हो । अतिक्रमणकारी रणनीति हो । यदी अमेरीकाले यसलाई जबरजस्ती लाद्न खोज्यो भने आजसम्म कहिल्यै नबिग्रीएको नेपाल र अमेरीकाको सम्बन्ध लडाइमा परिणत हुन सक्छ यस बारे सचेत रहन विप्लवले अमेरिकालाई चेतावनी दिएका छन ।

विप्लबले अफगानिस्तानको उदाहरण दिँदै भने ‘पैसाले जनतालाई किन्न सकिदैन । पैसाले देशको स्वाधिनता र जनताको स्वाभिमान किन्न सकिदैन यो कुरा अहिले अफगानिस्तानले विश्वलाई देखाएको छ । अफगानिस्तानलाई धुलो पिठो पार्ने उद्देश्यले छिरेको अमेरिकालाई अफगानि नागरिकले परास्त गरेरका छन । नेपालमा एमसीसी पारीत भएको खण्डमा नेपाली नागरिकले कयौं बर्ष अमेरिकाका विरुद्ध लड्नु पर्ने हो । यो विषयमा सबै नागरिक सचेत हुन उनले अबग्रह गरेका छन ।

१९७५ मा भेतनामबाट परास्त भएर फकिएको अमेरिका अहिले अफगानिस्तानका जनताको अगाडी घुडा टेकेर जानु पर्ने अवस्था आयो । भेतनाम जस्तै अफगानिस्तानसंग पनि परास्त भएर फर्किएको अमेरिका अहिले नेपालमाथि आँखा लगाई रहेको छ । एमसीसीको बाहानामा नेपालमाथि हस्तक्षेप गर्न खोज्यो भने नेपाल पनि अर्काे भेतनाम हुन तयार छ, भन्दै अमेरिकालाई बेलैमा सुध्रिन विप्लवले चेतावनी दिएका छन ।

नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न दार्चुला बासीले सरकारसंग माग गरेको भएपनि भारतले सो क्षेत्रमा जनगणना नगर्न दवाब दिइरहेको विप्लवले बताए । भारतले नेपालमा पछिल्लो ५० बर्ष यतादेखि अतिक्रमण गर्दै आएको छ । दार्चुलाका जयसिंह धामीलाई तुइन तर्दा दिउसै महाकालीमा बगायो । अब भारतले सोच्नु पर्छ नेपाल सिक्किम होइन । सिक्किमलाई भारतमा विलय गराए जस्तो नेपाललाई पनि गर्न खोज्छ भने नेपालको स्वाधिनताका लागि नेपाली जनता लड्न तयार छन यो कुरा भारतलाई हेक्का होस, विप्लले भने ।

दतित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागि भएका आम नागरिकलाई सम्बेधन गर्दै विप्लबले भने ‘हाम्रा नेपाली चेलीहरु विदेशमा सामान बेचिए जसरी बेचिनु परेको छ । यति ठुलो जनताको बलिदानपछि आएको परिवर्तनले पनि नेपाली नागरिकको सुरक्षा र रोजगारीको अबसर देशमै किन सिर्जना गर्न सकेन ? यो सरकारले यदी नेपाली चेलीलाई विदेश पठाउँछ भने उसको रोजगारीको ग्यारेन्टी गरेर पाठाउ हामीले भनेउ । लामो संघर्ष र बलिदानीपछि आएको परिवर्तनले पनि नेपाली नागरिकको सुरक्षा गर्न सक्दैन भने किन सरकार चलाउनु भन्दै विप्लबले आक्रो व्यक्त गरे ।

बालुवाटार बेचेर खाएको पत्ता नपाउने सरकारले आम नागरिकको सुरक्षा कसरी गथ्र्याे । अब यो दलाल पुँजिबाद संसदिय व्यवस्थाको अन्त्य भएको उनले बताए । यो व्यवस्थाले नेपाली नागरिकलाई कंगाल बनाउन लागेको र यसको विकल्प अब ‘वैज्ञानिक समाजबाद’ मात्र भएको दावी गरे । अहिलेको संसदिय व्यवस्थाले सत्तामा भएका आसेपासेलाई धनी बनाउने र देश र जनतालाइ गरिब बनाउने काम गरेको बताए ।

देशको बजेट भन्दा बढी विदेशी ऋण भएको देशमा करोडौंको भ्रष्टाचार र अरबौं बेरुजु रहेको छ । अब नागरिकले यो व्यवस्था नफाले देश ठुलो संकटमा फस्ने निश्चित छ । अबको विकल्प वैज्ञानिक समाजबाद भएको र दलाल पुँजिबाद संसदिय व्यवस्थाको अन्त्य गरी छिटै जनमतसंग्रबाट ‘वैज्ञानिक समाजबाद’ लागु हुने विप्लबले दावी गरे । खुकुरीको बलले लादिएको दलितत भन्ने शब्द अब नेपाली समाजबाट हटाउनु पर्ने उनको धारणा रहेको छ ।

तीन बुँदे सहमती के हुदै छ ?
लामो प्रतिबन्धपछि नेकपा र सरकार विच तीन बुँदे सहमती भएको पनि लामो समय भइसकेको छ । नेकपामाथि लागेका झुटा मद्दाहरु खारेज हुने । झुटो आरोपमा हिरासतमा रहेका नेता कार्यकर्ता रिहा गरिने तीन बुँदे सहमतीमा उल्लेख गरिएको थियो । तर अहिले पनि कयौ नेता कार्यकर्ता हिरासतमै छन । उनिहरुको रिहाइका लागि नेकपाले सरकारसंग चर्को आवाज उठाएको देखिदैन ।

तीन बुँदे सहमतीपछि नेकपाका शिर्ष नेताहरु र विभिन्न दलका नेताहरुबिच भेटबार्ता भएको विप्लवले बताए । भेटघाटका क्रममा पार्टी एकताको बारेमा पनि छलफल भएको उनले खुलासा गरेका छन । माओबादीसंग मात्र नभइ सबै कम्युनिष्ट पार्टीसंग एकता गर्न तयार भएको उनले बताए । आफ्नो पार्टीसंग एकता गर्न आउने नेताहरुले दलाल पुँजिबाद संसदिय व्यवस्थाको छोड्नु पर्ने विप्लवले बताए । नेकपाको सरकार हुँदा गरिएको तीन बुँदे सहमती कार्यान्वयनका लागि बारम्बार सरकारसंग छलफल गरेको भएपनि सरकारले खासै चासो देखाएको छैन ।

सहमतीको बेला सबै नेता कार्यकर्तालार्य रिहाइ गर्न भनेको भएपनि अहिले पनि धेरै नेता कार्यकर्ता जेलमै रहेको विप्लवले बताए । उनले २७ गते बिहान कैलालीको हिरासतमा रहेका कैदिसंग पनि भेट गरेका थिए । सहमती अनुसार सबै नेता कार्यकर्तालाई रिहा गर्न धनगढीको खुला मञ्चबाट सरकारसंग विप्लबले माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0