अत्तरिया– नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि कैलालीको क्षेत्र नम्बर – ४ बाट २ जना महिला प्रतिनिधि छनोट भएका छन ।
एमालेको २०७८ मंसिर १०–१२ गते सम्म चितवनमा हुने अधिवेशनका लागि क्षेत्र नम्बर – ४ बाट निर्मला भट्ट र भागरथी बिष्ट सर्वसम्मत छनोट भएका हुन । भट्ट गोदावरी र बिष्ट गैरिगंगाबाट छनोट भएका हुन ।
क्षेत्र नम्बर ४ बाट ७ प्रतिनिधि छनोट हुने भए पनि अन्य ५ जना छनोटमा भने सहमति हुन सकेको छैन । सहमति नभएपछि प्रतिनिधि छनोटका लागि निर्वाचन हुने जनाइएको छ । निर्वाचनका लागि ११ जनाले उम्मेदवार दिएका छन ।