प्लानेट भिटीले छात्रबृत्तिसहित ‘एडीआइटी’ कोर्ष सञ्चालन गर्दै


अत्तरिया– कैलालीको अरियामा रहेको प्रबिधिक शिक्षण संस्था प्लानेट भिटीले छात्रबृत्तिमा एडभान्स डिप्लोमा इन इन्र्फमेसन टेक्नोलोजी ‘एडीआइटी’ कम्प्युटर कोर्ष सञ्चालन गर्ने भएको छ । सामाजिक कार्यमा सक्रिय संस्था थ्रीडिभिएल क्रियसनले देउसी भैलोबाट उठेको रकमको सदुपयोग दर्गै कम्प्युटर पढ्न इच्छुक व्यक्तिका लागि छात्रबृत्तिमा कक्षा सञ्चालन गर्ने पत्रकार सम्मेलन गर्दै थ्रीडिभिएल अध्यक्ष दीपक ओझाले बताए ।

थ्रीडिभिएलको सहकार्यमा प्लानेटभीटिले विद्यार्थिलाई पढाउने गरी उक्त कोर्ष सञ्चालन हुन लागेको हो । उक्त कोर्ष पढ्नका लागि एसइइ पास गरेको हुनु पर्ने र सो भन्दा माथिका सबैले पढ्न पाउने व्यवस्था रहेको छ ।

पूर्ण छात्रबृत्तिमा पढ्नका लागि प्रवेशीका परीक्षामा विद्यार्थीहरुले ९० भन्दा बढी नम्बर ल्याउनु पर्ने छ र ४० भन्दा कम नम्बर ल्याउने विद्यार्थी पढ्न पाउने छैनन् । विद्यार्थीको स्तर हेरेर ४ जना लाई पूर्ण छात्रबृत्तिमा पढाइने प्लानेट भिटीका प्रबन्धक पुष्कर जोशीले बताए । उनले भने हामीले सञ्चालन गर्न लागेको कोर्ष कुनै विद्यार्थीका लागि आबश्य छ उसको पारिवारीक अबस्था कमजोर छ । तर उसले ४० भन्दा कम नम्बर ल्याएको अबस्थामा सामाजिका अगुवा, उसले पढ्ने विद्यालय र वडा पालिकको सिफारिसमा पढाइने छ ।’

आगामी मंसिर १५ देखि कक्षा सञ्चालन हुने गरी तयारी भइरहेको छ । आउने शनिबार वा अर्काे हप्ताको शनिबार प्रवेशिका परीक्षा गरिने पनि उनले जानकारी दिए । सबै विद्यार्थीलाइ निःशुल्क पढाएमा उनिहरुले पढाइमा कम ध्यान दिने भएकाले थोरै भएपनि शुल्क राखीने उनले बताए ।

विद्यार्थीको माषिक शुल्क उनिहरुले प्रवेशिका परीक्षामा ल्याएको नम्बरका आधारमा तोकिन छ । ४०–५० नम्बर ल्याएका विद्यार्थीले माषिक ४५०, ५०–६० नम्बर ल्याएका विद्यार्थिले ५५०, ६०–७० नम्बर ल्याएका विद्यार्थीले ६५०, ७०–८० नम्बर ल्याएका विद्यार्थीले ७५० र ८०–९० नम्बर ल्याएका विद्यार्थीले ८५० माषिक शुल्क तिर्नु पर्ने छ । ९० भन्दा माथि नम्बर ल्याउने सबै विद्यार्थीले निःशुलक पढ्न पाउने छन ।

विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक दिइने छ । उक्त कोर्षका लागि १५० जनामात्र छनोट गरिने छन । एक बर्षको कोर्षबाट उत्कृष्ट २० जनलाई प्लानेट भिटीले रोजगारी दिने छ भने आइएसो सर्टिफाइ मान्यता प्राप्त सर्टिपिकेट प्रदान गरिने छ । अहिलेको बजारको परिवेशलाई मध्यनजर गर्दै अंग्रेजी भाषा र डिजिटल मार्केटिङ कोर्ष पनि रानिएको जोशीले बताए । प्रवेशिका परीक्षाका लागि फरामका लागि ५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0