नेपाली कांग्रेस गोदावरी– १ को सभापतिमा शिवराज जोशी विजयी


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ कांग्रेसको वडा सभापतिमा शिवराज जोशी निर्वाचित भएका छन । जोशी १ सय ७९ मत ल्याएर वडा सभापतिमा विजयी भएका हुन । उनका प्रतिद्धन्दी डण्डीराज भट्टले ९९ मत मात्रै ल्याएका छन । दुबैबिचको मतान्तर ८० रहेको छ ।

यस्तै उपसभापतिमा जोशी प्यानलबाटै बिरेन्द्र बहादुर चन्द, शेर वहादुर बिष्ट, सचिवमा नरेन्द्र प्रशाद भट्ट, यादी देवि रावत, सहसचिवमा कृष्ण बहादुर बलायर र वेदप्रकाश भट्टले विजयी भएका छन ।

वडा निर्वाचिन अधिकृत कवि राज भण्डारीले वडाको २७ सदस्यीय सबै प्रतिनिधि जोशी प्यानलबाटै विजयी भएको बताए । उनले वडाबाट छनोट २८ क्षेत्रिय सदस्यमा पनि २७ जना जोशी प्यानलबाटै विजयी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0