गगन थापालाई रोक्दै देउवाले भने– अहिले अदालतको विषयमा छलफल हुँदैन


काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्चको विवादले प्रवेश पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा मात्र बोल्न भने पनि युवा नेता गगन थापाले समयसामयिक विषयमा पार्टी मौन बसेर देशलाई अप्ठेरोमा धकेलिन दिन नहुने बताएका हुन् ।

गगन थापाले ‘म समसामयिक विषयमा बोल्छु, अदालतको समस्या छ’ भन्नासाथ सभापति देउवाले भनेका थिए, “हुँदैन, अहिले समसामयिक विषय बोल्ने होइन ।” देउवाले थापालाई रोक्ने प्रयोस गरेका थिए । तर थापाले भने देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने न्यायालयको विवादमा पार्टी र सरकार मौन बस्न नहुने बताएका थिए ।

“सर्वोच्च अदालत गत ८ गते देखि नै विवादमा फस्दा जनताको न्याय पाउने अधिकार बन्धक भएको छ, जनअधिकारका लागि बनेको कांग्रेसले यसबाट भागेर हुँदैन,” थापाले भने, “सर्वोच्चका विवादका विषयमा पार्टीले निर्णय गर्नुुपर्छ । सत्तारुढ र प्रतिपक्षी दलसँग पनि छलफल थाल्नुपर्छ ।” उनले त्यसो नगरे पार्टीको भूमिकाका विषयमा जनताबाट प्रश्न उठ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0