विद्यालयमा कांग्रेसले गरेको अधिवेशन प्रति एमालेको आपत्ती


अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको शैलीश्वरी माध्यामिक विद्यालयमा नेपाली कांग्रसले विद्यार्थीको पढाई प्रभावित गरी अधिवेशन गरेको भन्दै नेकपा एमाले आपत्ती जनाएको छ ।

एमाले गोदावरी वडा नम्बर ६ का अध्यक्ष सन्तोष सिंहको हस्ताक्षरीसहित प्रकाशित भएको विज्ञप्तीमा भनिएको छ ‘ ‘विद्यालय शान्ति क्षेत्र सरकारकाले घोषणा गरेको अवस्थामा निर्वाद रुपमा पठनपाठन गर्न पाउनु विद्यार्थीहरुको नैसार्गिक अधिकार हो । यसमा नेकपा एमाले गोदावरी वडा नम्बर ६ प्रतिबद्ध छ’ ।

‘विद्यालय संञ्चालनको समयमा नेपाली कांग्रेसले गरेको वडा अधिवेशनले तथा यस्ता राजनीतिक कार्यले विद्यार्थीहरुमा दुरगामी असर पर्न जाने हुँदा नेकपा एमाले विद्यालय परिसर भित्र आफू पनि यस्ता कार्य नगर्ने तथा अन्य राजनीतिक दलहरुलाई पनि विद्यार्थीहरुको भविष्यमा खेलवाड नगर्न आग्रह गर्दै घोर आपत्ति जाहेर गर्दछ’ विज्ञप्तीमा भनिएको छ ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई अब उपरान्त विद्यालय संञ्चालन समयमा राजनीतिक गतिविधि गर्न अनुमति नदिन आग्रह गर्दछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0