अत्तरिया– नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलालीको गोदावरी नगरपालिकामा शनिबार भएको निर्वाचनमा नगरसभापति र नगरसचिव पराजित भएका छन ।
वडा नं। १ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेसका नगरसभापति हेमप्रकाश उप्रेती र नगरसचिव तेज खड्का वडामा नै पराजित भएका हुन । नगरसभापति उप्रेतीले ९१ मत प्राप्त गरेका थिए भने खड्काले ११३ मत प्राप्त गरेका थिए ।