कैलालीमा कांग्रेसको अधिवेशनः १२० वडामा नयाँ नेतृत्व चयन


धनगढीः क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि भइरहेको छ। जिल्लाका १३ वटै स्थानीय तहका वडामा अधिवेशन भइरहेको छ।

कांग्रेस जिल्ला कार्यसमितिको प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार १२६ वडा रहेको कैलालीमा १२० वडामा अधिवेशन सम्पन्न भएको छ। ‘अधिवेशन सम्पन्न भएका वडामध्ये ९१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ उनले भने, ‘बाँकी वडामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ।’

सुनारका अनुसार टीकापुर नगरपालिका–१, बर्दगोरीया–२, लम्की– १, गोदावरी– ६, जोशीपुर–१ र धनगढी–५ मा नेतृत्व चयन बाँकी रहेको छ। उनले गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा मतदान हुन बाँकी रहेको बताए।

उक्त वडामा आइतबार बिहान ८ बजेबाट मतदान हुने सुनारले जानकारी दिए। यस्तै धनगढीको वडा नम्बर ५ मा अझै मतदान हुन सकेको छैन। त्यहाँ पनि सहमतिको प्रयास भइरहेको सुनारले बताए।

कैलालीको मध्यवर्ती क्षेत्र वर्दगोरीया गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको बताउँदै सुनारले क्षेत्रीय प्रतिनिधिमा भने विवाद भएको जानकारी दिए। यस्तै टीकापुर नगरपालिका–१ र लम्की चुहा नगरपालिका–१ को मत परिणाम आउन बाँकी रहेको सुनारले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0