सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण


धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको थियो ।प्रदेशमा यसअघि मोहराज मल्ल, शर्मिला कुमारी पन्त (त्रिपाठ) र गंगाप्रसाद यादव प्रदेश प्रमुख बनिसकेका छन । मल्ल देउवा सरकारको पालामा २०७४ माघ ३ गते प्रदेश प्रमुख बनेका थिए । उनलाई २०७६ कात्तिक १७ गते केपी शर्मा ओली सरकारले पदमुक्त गरेको थियो ।

त्यसपछि ओली सरकारले त्रिपाठीलाई २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । उनलाई पछि ओली सरकारले नै २०७८ वैशाख २० गते पदमुक्त गरेर गंगाप्रसाद यादवलाई २०७८ बैशाख २० गते नियुक्त गरेको थियो ।

हाल नियुक्त भएका जोशी यसअघि बाजुराबाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेस पार्टीबाट संबिधान सभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0