कैलालीको बडेहामा खेतबाट सडक लैजान खोज्दा स्थानीय बिरोधमा उत्रिए


अत्तरिया– गोदावरी नगरपालिका– ६ बडेहामा स्थानियहरुले बस्ती पुरानै सर्बे गरिएको बोट कायम गर्नु पर्ने भन्दै विरोध प्रदर्शन गरेको छ । स्थानीयहरुले आज गोदावरी नगरपालिकाको कार्यालय पुगेर बिरोध जनायका हुन ।

शहरी बिकास मार्फत एडिपीले गेटा आँखा अस्पताल बिजौरा बडेहा हुँदै लालपुर सम्म ब्यबस्थित सडक निर्माण गर्दै छ । बडेहाको भागेस्वर स्कुलबाट बस्ती नभएको ठाउँबाट सडक नलगेर झन्डै ८०० मिटर सडक खेतको बाटो लैजान खोजेपछि उनिहरुले बिरोध गरेका हुन ।

उक्त सडक पुरानो सर्बे गरेको ठाउँ गाउँ भएर नै लैजानु पर्ने उनिहरुको माग रहेको छ । स्थानिय मदन भट्टले आफुहरु सडकको बिरोधी नभएको तर गाउँको बाटो भएर सडक लैजानु पर्ने माग गरेको बताए । स्थानियले जग्गा धनी सँगको मिलोमतोमा खेतको बाटो लैजाने खोजेको हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0