पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिविरुद्ध नेकपाद्धारा अत्तरियामा प्रदर्शन


अत्तरिया – खाध्य र पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धि विरुद्ध कैलालीको अत्तरियामा बिरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्तरगत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रदर्शन गरेको हो ।
विरोध स्वरुप उनीहरुले अत्तरिया बजारमा र्याली निकाल्दै कोण सभाको आयोजना गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अनिरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव बिरेन्द्र शाहले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टीले बिहिबार देखि मुल्य वृद्धिविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए । पछिल्लो १५ दिनमा मात्रै २ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ’ उनले भने ‘यसरी भएको मुल्य वृद्धिको मारमा यो देशका मजदुर, किसान परेका छन । श्रम गरेर खाने वर्ग अहिले मृल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अबस्थामा पुगेको छ ।।’

आफूहरुले पटक–पटक मुल्य वृद्धिका विरुद्ध आवाज उठाउदै आएको भएपनि सरकारले बेवस्था गरेको साचिव शाह बताए । मृल्य वृद्धीका विरुद्ध कात्तिक २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, कात्तिक २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस निकाल्ने, कात्तिक २७ गते देशव्यापी प्रदर्शन गर्ने, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम गर्ने, कात्तिक २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गर्ने भन्दै नेकपाले प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो ।।

सरकारले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर ३ का दरले बढाइएको थियो भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ बढाएर १५ सय ७५ पुगाएको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0