कञ्चनपुरको दोधारा चाँदनीमा स्थापना हुने सुक्खा बन्दरगाहको ‘इआइए’ हुँदै


कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनीका स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्यांकन इआइएको काम सकिएको छ ।

दोधारा चाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खाबन्दरगाहको कागजी कामसमेत सकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

‘केही समयअघि मात्रै इआइएका लागि फिल्डमा काम थालेका थियौ’ निर्देशक गजुरेलले भने, ‘सुक्खा बन्दररगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ ।’

उनले इआइए स्वीकृतिपछि अन्य काम थालिने बताए । विसं २०६२र०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खाबन्दरगाह बनाउने प्रस्ताव तत्कालिन सरकारले अघि सारेको थियो । यहाँ स्थापना हुने सुक्खा बन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ ।

तीन वर्ष दश महिनाभित्र सुक्खा बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । २ सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु। सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए । सुक्खाबन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायत संरचना बन्नेछन ।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले सुक्खाबन्दरगाह निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले दशक अघिदेखि सुक्खा बन्दरगाह निर्माणको तखबर रहे पनि सुरु हुन ढिलाइ भइरहेको बताए । ‘सुक्खाबन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमकै समृद्धिका लागि ठूलो टेवा पुग्छ’ अध्यक्ष मल्लले भने, ‘सुक्खाबन्दरगाहको निमार्णमा निजी क्षेत्र सहयोग गर्न तयार छ ।’

रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0