कैलालीमा बडुवालको हत्यामा संलग्न ८ जना सार्वजनिक


धनगढी– कैलालीमा खुकरी प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरिएको छ। उनका अनुसार देवकोटाले नै भूपेन्द्रलाई खुकुरी प्रहार गरेको आरोप लागेको छ।

यस्तै २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्। देवकोटाबाहेक पक्राउ परेका अन्य सात जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ। पक्राउ परेका ८ जनालाई नै आज जिल्ला प्रहरी कार्यालयमा ल्याइने प्रहरी उपरीक्षक अधिकारीले बताए।

घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0