डडेल्धुरामा नेकपा एमाले समानान्तर कमिटी गठन गर्नेलाई कारवाही गर्नेः जिल्ला अध्यक्ष साउँद

0
748

अत्तरिया- डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा ३१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको छ । अध्यक्षमा डम्मर जोशी, उपाध्यक्ष संगिता विक, सचिव विर बहादुर ऐर र सह–सचिव हरि विकसहित ३१ सदस्यीय कमिटी गठन गरिएको गाउाँपालिका ईन्चार्ज टेक बहादुर शाीले बताए भने वडा १,२,३ र गाउँपालिका कमिटी कृत बहादुर साउँद अध्यक्ष रहने गरी ३५ जनाको गाउँपालिका र वडा कमिटी गठन भइसकेको जिल्ला कमिटी कार्यालय सदस्य नरेन्द्र बहादुर शाहीले बताए ।

वडा अध्यक्ष भीम बहादुर बोहराको अध्यक्षतामा बसेको उक्त वडा भेलाको प्रमुख अतिथि नवदुर्गा गाउापालिका इन्चार्ज टेक बहादुर शाही रहेका थिए । त्यस्तै बिहिबार वडा नम्बर २ मणिलेक र वडा नम्बर ३ नवदुर्गामा समानान्तर कमिटी गठन गरिने शाहीले बताए ।

एमाले जिल्ला अध्यक्ष प्रकाश बहादुर साउँदको निर्देशनमा पहिले नै वडामा एमाले वडा कमिटी गठन गरिएको थियो । अध्यक्ष साउँदले एकलौटी रुपमा काम गर्न थालेपछि गाउँपालिका ईन्चार्ज शाहीको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको हो । नयाँ गठन गरिएको समानान्तर कमिटीमा ७५ प्रतिशत एमाले कार्यक्रता सहभागि रहेको ईन्चार्ज शाहीले दावी गरेका छन ।

पार्टीको विधि विधान अनुसार नै कमिटी गठन गरेको वडाध्यक्ष बोहराले बताए । उनले भने ‘हामीले नेकपा एमालेको विधि बिधान अनुसार नै समानान्तर कमिटी गठान गरेका हौं । अध्यक्ष साउँदले एकलौटी रुपमा पार्टी संचालन गर्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौं ।’

पहिले नै सबै वडा तहमा कमिटी गठन गरिएको भएपनि अहिले नयाँ कमिटी गठन गरी जनतालाई भ्रममा पारीरहेको एमाले जिल्ला अध्यक्ष साउँदले आरोप लगाएका छन । वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर विष्ट, वडा नम्बर १ का अध्यक्ष भीम बहादुर बोहरा, गाउँपालिका ईन्चार्ज टेक बहादुर शाही र गाउँपालिका अध्यक्ष कविन्द्र विष्टलाई बिहिबार पार्टीको सचिवालय बैठक बसी स्पष्टिकरण सोध्ने र कारबाही गर्ने जिल्ला अध्यक्ष साउँदे बताए । नयाँ कमिटी गठन गर्ने सबै समाजवादीमा गइ सकेका र अहिले जनतालाई भ्रममा पारी रहेको साउँदले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here