डडेल्धुरा – नेकपा एमाले डडेल्धुराका नेता डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । उनलाई बुधबार एकीकृत सामाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका लगाएर पार्टी प्रवेश गराएका छन ।
पार्टीको जिल्ला अध्यक्ष समेत रहिसकेका डा. जोशी सहित अन्य नेता कार्यकर्तालाई पनि अध्यक्ष नेपालले टिका लगाएर पार्टी प्रवेश गराएका छन ।
पालिकाको अधिवेशन एकलौटी रूपमा गरिएको, सदस्यता वितरण आफूखुसी गरिएको, जेठ २ को कार्यान्वयन नभएको भन्दै जोशीले एमाले परित्यागको निर्णय लिएको जनाएका छन ।
नेपाली कांग्रेसको गढ मानिने डडेल्धुरा क्षेत्रमा डा. जोशी पछिल्लो प्रदेश सभा सदस्य पदमा थोरै मतले पराजित भएका थिए । उनी समाजवादीमा जादा एमालेलाई डडेल्धुरामा ठुलो धक्का लाग्ने आकलन गरिएको छ ।