दलित मुक्ति मोर्चाको पाँंचौ राष्ट्रिय सम्मेलन धनगढीमा हुने


प्रकाश थापा, धनगढी– दलित मुक्ति मोर्चा नेपालको पाँंचौ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । ‘सामाजिक दलला पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँंचौ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ यही कार्तिक २७, २८ र २९ गते धनगढीमा दलित मुक्ति मोर्चा नेपालको पाचौँ राष्ट्रिय सम्मेलन हुने आयोजक समितिले आज धनगढी पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोर्चाका केन्द्रिय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले अहिले देशमा जगदियर रहेको विभेदपूर्ण समाजलाई परिवर्तन गर्नका लागि यो सम्मेलन कोसेढुंगा सावित हुने बताए ।

यस सम्मेलनलाई सफल पार्न सबै पत्रकार, वुद्धिजिवी, समाजसेवी र जनसमुदायहरुमा अपिल गरेका छन । साथै २७ गते धनगढी पार्कमोडमा संचालन हुने सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लपले गर्ने र सो कार्यक्रममा हजारौ जनताको उपस्थितिमा कलाकार, बाजागाजा, झाँकी र र्यालिसहित उद्घाटन हुने आयोजक समितिले जनाएका छ ।

देशका ७७ जिल्ला र भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्ष, स्वयमसेवक गरी ३५० जनाको उपस्थिति हुने आयोजकले जनाएको छ । माहासचिव रामलाल विकले संचालन गरेको उक्त प्रत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष डम्बरबहादुर विश्वकर्माको अध्यक्षतामा संचालन भएकोमा कार्यक्रममा नेकपा केन्द्रिय सदस्य ओमप्रकाश पुन, जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने र मोर्चा केन्द्रिय उपाध्यक्ष सम्झना विक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0