१० बुँदे सहमति झापामा लागु हुने सुदुरपश्चिममा लागु नहुने भए एमालेमा रहदैनौँः भीम रावल


काठमाडौँ, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति झापामा लागु हुने सुदुरपश्चिममा लागु नहुने भए एमालेमा नरहने संकेत गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति विपरित भएको बताएका छन्। उपाध्यक्ष रावलले सोमबार बसेको बैठकले गरेको निर्णयसमेत अवैध र अमान्य हुने चेतावनी दिएका छन्। बैठक बस्ने दिन विहानै रावलले समाजिक संजालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्। उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन्। उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमकमा परेकाले हो कि भन्दै आक्रोश पोखेका छन्। रावलले भनेका छन्, ‘हिजो भएको कथित सुदुरपश्मि प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सुदुरपश्मिमा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0