दुर्घटनामा परी एक हात र खुट्टा गुमाएका साउँदलाई आर्थिक सहयोग हस्तान्तरण


अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका दिपक साउँदको कार्तिक ८ गते मोटरसाइकल दुर्घटना भयो । डोटी पुर्खेउली घर भएका उनलाई कुन गाडीले ठोकेको हो भन्ने पनि पत्ता छैन । घरको आर्थिक अबस्था कमजोर भएका साउँदको उपचारमा समस्या भएपछि विभिन्न सामाजिक अभियान्ताहरुको पहलमा सहयोग रकम संकलन भइरहेको छ । २४ बर्षका साउँदको नेपालमा उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ ।

उलने दुर्घटनामा परी एक हाल र खुट्टा गुमाएका छन । पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रहेकी समाजिक अभियान्ता यशोदा भट्टले सामाजिक सञ्जाल र अत्तरिया बजारबाट संकलन गरिएको एक्तीस हजार नौ सय पैतिस (३१९३५) रुपैयाँ साउँदको आण्टीलाई हस्तान्तरण गरेकी छन । दुर्घटनामा परी घाइते भएका साउँदको उपचारको लागि हियोग रकम संकलन भइरहेको भट्टले बताइन ।

‘उनले भनिन् ‘२४ बर्षको कलिलो उमेरमा एक हात र खट्टा गुमाएका भाइको त्यो दर्दनाक पीडाले मेरो मन पिरोली रहन्थ्यो । उनका लागि थोरै भएपनि सहयोग गर्न पाएको भए हुन्थ्यो भन्ने सोचेकी थिए । त्यसैले मैले अत्तरिया पहड लाइनका व्यपारीहरूसंग हात जोड्दै उनको उपचारको लागि एक्तीस हजार नौ सय पैतिस रुपैयाँ संकल गरेर उनकी आण्टीलाई हस्तान्तरण गरेकी हुँ ।’

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेकी सामाजिक अभियान्ता भट्टले उनको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनको उपचारका लागि सहयोग गर्न पनि अपिल गरेकी छन । लखनउमा उपचारथ साउँदको कमजोर आर्थिक अबस्थाका कारण उपचारमा समस्या आएको उनले बताइन ।

सामाजिक अभियान्ता यशोदा भट्टकको पहलमा दिपक साउँद बचाउ अभियान सञ्चालन गरिएको छ । त्यस्तै आफ्नो पहलमा सुदूरपश्चिमका लोकप्रिय गायक सूर्य विरही साउँदले पनि साउँदको उपचारका लागि पाँच हजार सहयोग गरेको अभियान्ता भट्टले बताइन ।

May be an image of 8 people, people sitting and people standing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0