चीनले नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप दियो

0
11

चीन सरकारले नेपाली सेनालाई कोरोना विरुद्धको तीन लाख डोज खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उक्त खोप प्रदान गरेको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप हस्तान्तरण गरिन् ।

जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र १०० वटा अक्सिजन कन्सन्ट्रेटर पनि उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोगबाट दुई देशबीचको सेनाको सम्बन्ध थप मजबुद हुने नेपाली सेनाले विश्वास लिएको छ ।

यसअघि भारतीय सेना र अमेरिकन आर्मीले समेत नेपाली सेनालाई खोप तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ। सेनाले विशेषगरी क्वारेन्टिन व्यवस्थापन, होल्डिङ सेन्टर निर्माण, कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन, विदेशबाट फर्किनेहरूलाई क्वारेन्टिनमा राख्ने लगायतका काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here