सुस्तमनस्थितिका एक बेवारिसे युवकको अत्तरियाबाट उद्धार


अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको बसन्तपुरबाट एक युवकको उद्धार गरिएको छ । आइतबार साँझ बेवारिसे अवस्थामा फेला परेका अन्दाजि २४र२५ बर्षका तारा गिरी नाम बताउने युवाको उद्धार गरिएको हो ।

सुस्तमनस्थिति भएको जस्तो देखिने ति युवा आइतबार साझ सडकमा एक्लै बसेको देखेर सोधपुछ गर्दा बेवारिसे जस्तो देखेर उद्धार गरेको संचारकर्मी गोपाल जोशीले बताएका छन ।

ति युवालाई थ्रिडिभिएल क्रियसन अत्तरियाको सहजिकरणमा उद्धार गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको थियो । उनलाई प्रहरीको सहयोगमा पछि मानव सेवा आश्रम धनगढी पठाइएको थ्रिडिभिएका अध्यक्ष दिपक ओझाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0