कैलालीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, ३ घाइते

0
105

धनगढी । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका ५ सीमरानामा बा०२०१५ प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएको उनले बताए । मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here