लोटस आई माध्यमिक विद्यालयद्धारा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत
अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई माध्यमिक विद्यालयले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीको आयोजना बुधबार एक भब्य कार्यक्रमका बिच कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको हो ।
कक्षा १२ का विद्यार्थी नविन बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथि विद्यालयका संस्थापक एवम् व्यवस्थापन समिति अध्यक्ष गिरीराज कडायत रहेका थिए । कार्यक्रममा बिशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक मान बहादुर ऐर रहेका थिए ।
प्रधानाध्यापक ऐरले कक्षा ११ मा भर्ना भएका १ सय ३५ जना विद्यार्थीलाई स्वागत गरिएको बताए । उनले विद्यार्थीलाई पढाइ संगै अतिरिक्त क्रियाकलापमा सहभागि गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।
स्वागत कार्यक्रममा बिभिन्न सांकृतिक कार्यक्रम संगै दिपावलीको सुभकामना आदानप्रदान समेत गरिएको थियो । नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल १ हजार २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ऐरले बताएका छन ।