देउवा र मोदीबिच स्कटल्याण्डमा भेटवार्ताः धनगढी र महेन्द्रनगरबाट हवाईजहाज प्रवेशको अनुमति दिन आग्रह


धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता भएको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो।

भेटवार्तामा प्रधानमन्त्री देउवाले महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेका थिए।प्रधानमन्त्री देउवाले नेपालले अनुरोध गरिराखेको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज इन्ट्री गर्ने प्वाइन्ट स्वीकृति दिनुपर्यो भन्ने कुरा गर्नुभयो। उहाँले चाहिं तपाईंहरुको आवश्यकता, तपाईंहरुको खाँचोलाई हामीले सकारात्मक रुपमा हेर्छौं भन्नुभयो,’ सचिव पौड्यालले भने।

नेपाल र भारतबीच पछिल्लो समय दार्चुलामा एसएसबीले तुइन खुस्काइदिंदा जयसिंह धामी बेपत्ता भएको घटना, सीमा समस्या लगायतका विषयबारे भने छलफल भए नभएको कुरा नेपाल र भारत दुबै देशका अधिकारीहरुले खुलाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0