अत्तरिया चोकमा स्वर्गिय राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ


धनगढी – सुदुरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनस् निर्माण कार्यको शुभारम्भ गरिएको छ । चोकमा आज पूजा आजा समेत गरिएको छ । स्थानिय स्तरमा बनेको समितीले भेला बोलाई पूजा आजा र स्थानियको सुझाब संकलन गरेको हो ।

समितीका अध्यक्ष हरी भट्टराईले पुरहितको उपस्थीतीमा पूजा आजा गरेका हुन । २०६२्०६३ को अन्दोलनको क्रममा तोडफोडपछि उक्त ठाउँ खाली नै थियो । तर अब अत्तरिया चोकको बिच भागमा पुनः ६ फिटको स्व. राजा महेन्द्रको शालिक राखिने भएको छ । आन्दोलनका बेला ढालीएको शाली जस्ताको त्यस्तै निर्माण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0