डोटीको सायल गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय चयन


डोटी – नेपाल कम्युनिष्ट पार्टी एमाले डोटीको सायल गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

केशव राज उपाध्यायको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गर्दै एमालेले अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले सायल गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष सग्राम दमाई ,सचीव गणेश ऐर, उपसचिव– जनक बहादुर सिहं र गणेस बि.क रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले सायल गाउँपालिका ईन्चार्ज धन बहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एमाले सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल, उपाध्यक्ष विष्ना सिहंको सहभागिता रहेको नवनिर्वाचित उप–सचिव जनक बहादुर सिहंले जानकारी दिए । यसै बिच नेपाल कम्युनिस्ट पार्टी एमाले सायल गाउँपालिकामा ६ वटै वडामा पनि अधिवेशन सर्वसम्मत सम्पन्न गरेको सिहंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0