राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः शर्मा चयन


अत्तरिया – नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयमा शनिबार सम्पन्न भेलाबाट पुनः नरेन्द्र शर्माको अध्यक्षता समिती गठन गरेको छ ।
उपाध्यक्ष (महिला) मा रचना साउँद, उपाध्यक्ष (खुल्ला) प्रेमराज जोशी, सचिवमा भुपेन्द्रबहादुर चन्द, कोषाध्यक्षमा कविराज भट्ट, सह–सचिवमा जानकी साहु, सह–कोषाध्यक्षमा विष्णा जोशी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा गणेश दत्त पन्त, केशवराज ओझा, सुरतबहादुर बोगटी, नन्दराम साउँद, टेकेन्द्र बहादुर सिंह, हिक्मतबहादुर चौधरी, अर्जुन भट्ट, सिद्धराज भट्ट, भरतबहादुर स्वाँर, रामबहादुर पार्की, भीमबहादुर विक चयन भएका छन । त्यस्तै महिला सदस्यहरुमा नन्दा भट्ट, टकेश्वरी शर्मा, विनिता चौधरी, मञ्जु रोकाया चयन भएका छन ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका अद्यक्ष शर्माको अद्यक्षतामा भएको भेलाका प्रमुख अतिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला अध्यक्ष श्री तिलकबहादुर सिंह रहेका थिए भने, विशिष्ट अतिथिमा गोदावरी नगरपालिकाका नगरप्रमुख श्री हरिसिंह साउँद रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0