पछिल्लो २४ घण्टामा देशभर २९७ कोरोना संक्रमित थपिए, ९११ निको


काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९११ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ ।

७ लाख ९१ हजार २६९ जना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ छ । यस्तै, २१२ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ४४ लाख १५ हजार ४३ पीसीआर परीक्षण भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0